रुघाखोकीको लक्षण देखिए जाँच गर्न चिकित्सकको सुझाब – Kanika Khabar
Saturday, April 20Nepali News Portal

रुघाखोकीको लक्षण देखिए जाँच गर्न चिकित्सकको सुझाब

    मा प्रकाशित

सुसीला श्रेष्ठ
जेठ २, काठमाडौँ ।
कोरोना सङ्क्रमणका बिभिन्न लक्षण मध्य रुघाखोकी पनि एक हो । मौसममा भएको परिवर्तनको प्रभावबाट पनि रुघाखोकी देखिन त सक्छ तर यस्तो बेलामा जाँच गर्दा कोरोना सङ्क्रमण देखिन्छ भन्ने भ्रम नागरिकमा देखिन्छ । चिकित्सक भने त्यसो नगर्न सुझाव दिन्छन् । जुम्लाका २२ वर्षका कमल प्रसाद भट्टराईलाई रुघाखोकी लागेर निको भएको १ हप्ता भयो । हल्का ज्वरोसमेत आयो, कोरोना जाँच नगराए पनि निको नहुँदासम्म डर लागेको उहाँ बताउनु हुन्छ ।

 

नुवाकोटका रामहरि रिमाल १२ दिन अघि रुघाखोकीबाट ग्रस्त हुनुभयो । तातो पनि र घरायसी जडिवुटी खाएर ४ दिनअघि निको भए पनि जाँच गराउनु भएन । कोरोनाको औषधि छैन भन्ने कारणले पनि कतिपयले जाँच नगराउने बरु घरेलु उपचार गर्ने गरेको पाइन्छ । सामान्य रुघाखोकीको अवस्थामा कोरोना परीक्षण गराउँदा सङ्क्रमण देखिने त्रास नागरिकमा देखिन्छ ।यसैका कारण समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था भयावह भएको चिकित्सकहरू बताउँछन् । अनुमानकै भरमा परिक्षण नगराउँदा झन समस्या देखिनेसङ्क्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी बताउनुहुन्छ ।

 

कोरोना सङ्क्रमणपछि रुघाखोकीको लक्षण अधिकांशमा देखिने बताउँदै उहाँले बेलैमा जाँच गरेको खण्डमा मात्रै उपचारमा सजिलो हुने बताउनुभयो । कतिपयले रुघा लाग्दा जाँच गर्न गए कोरोना नै भेटिन्छ भन्दै गलत बुझाइ बुझिरहेका छन् । तर सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन सङ्क्रमण नभए पनि रुघा लाग्दा गरिने जाँचमा वैज्ञानिक तथ्य हालसम्म फेला नपरेको बताउनुहुन्छ । जुनसुकै महामारीको बेलामा पनि समाजमा बिविधखाले भ्रमहरु फैलिन्छन् । कोरोना महामारीको बेलामा रुखाखोकी लाग्दा नजचाउने प्रवृत्ति बढ्ने हो भने सङ्क्रमण भएकाहरू गाउँघर, समाजमा मनलाग्दी डुलेर अरुलाई पनि सार्न सक्छन् । सङ्क्रमण हुनुभन्दा ४८ घण्टाअघि नै अरुृमा सार्न सक्ने विज्ञको भनाइलाई मान्ने हो भने रुघाखोकी भए पनि घरगाउँमै बसेर निको पार्छु भन्नु अझ जोखिमपूर्ण हुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्