बैंकर्सलाई कोरोना लागेपछि ओखलढुंगाका बैंकहरु एक साताका लागि बन्द – Kanika Khabar
Friday, March 29Nepali News Portal

बैंकर्सलाई कोरोना लागेपछि ओखलढुंगाका बैंकहरु एक साताका लागि बन्द

    मा प्रकाशित

पूर्णप्रसाद न्यौपाने
जेठ २, ओखलढुङ्गा ।
ओखलढुंगाका बैंकहरु तथा वित्तिय संस्थाहरु एक साताका लागि बन्द भएका छन् । बैंकमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तत्कालको लागि बैंक तथा वित्तिय संस्थाको सेवा बन्द गरिएको हो ।

 

जिल्लामा सञ्चालित विभिन्न बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएकोले सङ्क्रमण थप समुदायमा फैलन नदिन जेठ ३ गतेदेखि आगामी जेठ ९ गते सम्मका लागि सबै बैंकका सेवा बन्द गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनुभयो । बैंकमा सेवाग्राहीको चाप बढीहुने र पैसाको नोट कारोबारबाट समेत जोखिम बढ्ने भएकाले कोरोना संक्रमण नियन्त्रणका लागि बैंकहरु बन्द गरिएको उहाँको भनाई छ ।

 

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ओखलढुंगाको आज बसेको आकस्मिक बैठकले अत्यावश्यक कामका लागि मात्र सम्पर्क व्यक्ति र सम्पर्क नम्बर कार्यालयको सुचना पाटीमा टाँस गरि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार तत्काल बैंकिङ सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाका सबै बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएर पत्राचार गरेको छ ।

जिल्ला सदरमुकामको सिभिल बैक र मोेलुङ गाउँपालिकाको प्राप्चामा रहेका मुक्तिनाथ बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका बैंकका कर्मचारी आइसोलेसनमा छन् । बैंकहरु बन्द भएपनि जिल्लामा बैंकका एटिम सेवा भने जारी रहने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्