गाजा क्षेत्रमा जारी युद्ध रोकिएन, आज पनि २६ जनाको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

गाजा क्षेत्रमा जारी युद्ध रोकिएन, आज पनि २६ जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
इजरायल र प्यालेष्टाइनको सीमा क्षेत्र गाजामा जारी युद्ध रोकिन सकेको छैन । त्यहाँ एक हप्ता देखि एक अर्को देशका सेनाले हवाइ र रकेट तथा स्थलगत रुपमा हमला गरिरहेका छन् । हिजो मात्रै ८ बालबालिका सहित १० जना भन्दा धेरैको मृत्यु हुने गरि बिस्फोट गराईएको थियो ।

आज पनि सोही क्षेत्रमा इजरायली सेनाले प्यालेष्टाइनको आतंकवादी नेताको घरमा बम बिस्फोट गरेको विविसिले जनाएको छ । जुन हमलाका कारण आज मात्रै २६ जनाको मृत्यु भएको बताईएको छ । गाजा क्षेत्रमा एक अर्को देशका सेनाले निरन्तर रुपमा हमला गरिरहेका छन् । जसका कारण नागरिक निकै त्रासमा परेको पनि विविसिले लेखेको छ ।

 

अन्तराष्ट्रिय समुदायले जारी द्धन्द्ध अन्त्य गर्न आह्वान गरिरहेका छन् । द्धन्द्धका कारण भएको मानबअधिकार हननलाइ लिएर चौतर्फि बिरोध भैरहेको छ । तर दुबै देशले युद्ध रोक्ने संकेत नदेखाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्