१ हजार ७०१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा  – Kanika Khabar
Friday, April 19Nepali News Portal

१ हजार ७०१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा 

    मा प्रकाशित

जेठ २, दाङ ।

नेपालमा  १ हजार ७ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ३३१ कोरोना संक्रमितको आईसीयूमा र ३७० को भेन्टिलेटरमा गरी कुल १ हजार ७०१ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९२ जना आईसीयूमा र ५४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १९९ आईसीयूमा र ४८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ।

यसैगरी बागमती प्रदेशमा ५५४ जना आईसीयूमा र २१९ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ९८ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा, कर्णालीमा १०८ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्