दाङ, ३ जेठ ।
दाङमा कोरोनाबाट हिजाे आइतबार ७ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा एकै घरका बाबु छाेेेेेेेेरासमेत रहेका छन् ।
स्वास्थ्य कार्यालय दाङका अनुसार आईतबार घोराही उपमहानगरपालिका वडा नं. ९ निवासी ६८ बर्षीय पुरुष र उनका ३० बर्षीय छोराको मृत्यु भएको हो । वुवा होम आईसोलेशनमा थिए, भने छोराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १४ का ७४ बर्षिया एक महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डीमा, घोराही १५ का ६४ बर्षिय पुरुषको नेपालगन्ज लैजादै गर्दामा बाटोमा , घोराही १८ का ७५ बर्षिया महिलाको प्रतिष्ठानमा, लमही नगरपालिका ६ बस्ने ५९ बर्षिय पुरुषको होम आईसोलेसन र तुलसीपुर १६ का ७८ बर्षिय पुरुषको मेट्रो अस्पताल अश्वारामा निधन भएको हाे । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एकसय १५ पुगेको छ । यो पछिल्लो २४ घण्टाको अपडेट हो ।
यस्तै आइतबार दाङबाट २९९ जनाको डिस्चार्ज भएको छ, भने अहिले जिल्लामा दुई हजार पाँच सय ६२ सक्रिय संक्रमित रहेका छन् ।