काेराेना राेकथामका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६ कराेड ८० लाख बजेट, कुन अस्पतालले कति बजेट पाए ? – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काेराेना राेकथामका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६ कराेड ८० लाख बजेट, कुन अस्पतालले कति बजेट पाए ?

    मा प्रकाशित

दाङ , ३ जेठ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि आबस्यक स्रोत साधन तयार पार्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई  ६ कराेड ८० लाख रूपैयाँ उपलब्ध गराएकाे छ ।

अर्थ मन्त्रालयले भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि उक्त बजेटको सहमति दिएको हो । मन्त्रालयका अनुसार कोरोनाको रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले सो स्रोत सुनिश्चित गरेको हो ।

सरकारले अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमति दिएको छ ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सहमति दिएको हो ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

कुन अस्पतालले कति पाए ?

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्