तेह्रथुममा अक्सिजनसहितको बेड राख्नका लागि तयारी – Kanika Khabar
Friday, March 29Nepali News Portal

तेह्रथुममा अक्सिजनसहितको बेड राख्नका लागि तयारी

    मा प्रकाशित

विकास गुरुङ्ग
जेठ ३, तेह्रथुम ।
तेह्रथुममा अक्सिजनसहितको बेड राख्नका लागि तयारी थालिएको छ । बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर छथर गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन कक्ष निर्माण गर्न लागेको हो ।

तत्कालै सङ्क्रमितको उपचारमा कठिनाइ आउन सक्ने भएकाले अक्सिजनसहितका दुई बेड तयारी अवस्थामा राखिएको अध्यक्ष सन्तवीर लिम्बूले जानकारी दिनुभयो । गाउँपालिकाले अस्पतालमा सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितका नौ वटा बेड राख्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा जम्मा १५ बेड छन् । निषेधाज्ञा जारीपछि अहिले होमआइसोलेसनमा बसेका व्यक्तिहरुलाई दैनिक दुई पटक टेलिफोनमार्फत बिरामीको अवस्था, उपचार र ख्याल गर्नुपर्ने विषयहरुबारे जानकारी र परामर्श गर्ने काम समेत भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्