देवदह नगरपालिका–७, आजदेखि ५ दिनका लागि सिल – Kanika Khabar
Thursday, June 12Nepali News Portal

देवदह नगरपालिका–७, आजदेखि ५ दिनका लागि सिल

    मा प्रकाशित

पार्वती न्यौपाने
जेठ ३, देवदह ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणका विरामी बढिरहेको भन्दै देवदह नगरपालिका–७लाई आजदेखि ५ दिन बन्द गरिने भएको छ । विश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणबाट देवदह–७, माविरामी बढिरहेको र मृतकको सङ्ख्या पनि बढेको भन्दै वडालाई ५ दिन सिल गर्ने निर्णय गरेको वडा अध्यक्ष पदम थापाले बताउनुभयो ।

नेपाल सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणकोे लागि निषेधाज्ञा लागु गरेको भए पनि मानिसहरुको आवातजावत नरोकिएको भन्दै वडालाई सिल गर्ने निर्णय भएको वडाअध्यक्ष थापाले बताउनुभयो । ५ दिनको अवधिमा विकास निर्माणका कामसमेत ठप्प हुने जनाइएको छ । रुपन्देहीको देवदहमा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्