इजरायलले गरेको हवाई आक्रमणमा ४० जनाभन्दा धेरैको मृत्यु – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

इजरायलले गरेको हवाई आक्रमणमा ४० जनाभन्दा धेरैको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
गाजामा रहेका प्यालेस्टाइनी अधिकारीहरुले इजरायलीहवाई आक्रमणका कारण अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको बताएका छन् । इजरायलले गरेको पछिल्लो हवाई आक्रमणका कारण ४० जनाभन्दा धेरैको मृत्यु भएको जागामा रहेका प्यालेस्टाइनी अधिकारीको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले गएको हप्ताभरमा इजरायलमा तीनहजार भन्दा बढि रकेट प्रहार गरेका छन् । आज बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्य पूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्