अचेल बिरामीका अक्सिजन बनेका छन् सुरज – Kanika Khabar
Friday, April 19Nepali News Portal

अचेल बिरामीका अक्सिजन बनेका छन् सुरज

    मा प्रकाशित

जेठ ३, दाङ ।

घोराहीका एक युवाले विरामीको ज्यान जोगाउने अक्सीजन सिलिन्डरका लागि आवश्यक पर्ने रकम तथा अक्सिजन सिलिन्डर जिल्लामा ल्याउन अहाेरात्र लागिपरेका छन् ।
घोराही निवासी युवा व्यवसायी सुरज वुढाथोकीकाे  दिनचर्या  सिलिन्डरकाे व्यवस्थापनमै बितेकाे छ ।

व विहान उठेदेखि रातिसम्म पनि उनी सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत अक्सिजन सिलिन्डरका लागि रकम जोहो गर्ने गरेका हुन्छन् । सहयाेगी मनबाट प्राप्त भएकाे   रकमबाट दाङ जिल्ला उद्योग वाणिज्य संघको सहकार्यमा देशका विभिन्न स्थानबाट नयाँ अक्सिजन सिलिन्डर ल्याउने अनि रिफिल गर्नेमा उनी तल्लीन देखिन्छन्  । जसले धेरै विरामीको ज्यान समेत जोगाउन सफल भएको छ ।

` याे विपदकाे बेला हाे, यतिबेला राज्यकाे मुख ताकेर बस्ने अवस्था छैन । राज्यकाेे बाटाे कुर्दा समस्या समाधान हुन अबेर हुन सक्छ । हामीले नागरिक हुनुकाे जिम्मेवारी बहन गर्ने भनेकाे यस्तै बेला हाे । सकेसम्म अक्सिजनकाे जाेहाे गर्ने र विरामीकाे ज्यान बचाउने बेला हाे याे ।´ उनले भने ।

महामारीमा सानो भए पनि सहयोग पुगोस भन्र यस अभियान सञ्चालन गरिएको उनको भनाइ रहेको छ । यसमा धेरैकाे सहयाेग समेत रहेकाे उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्