कोरोनाका कारण वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको निधन – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोनाका कारण वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको निधन

    मा प्रकाशित

जेठ ३, दाङ ।
वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज सोमबार बिहान निधन भएको छ ।

उनको केहीदिन यता सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

वि.सं २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् ।

त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक भएका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्