शिवु खनाल
देउखुरी, ३ जेठ ।
केही दिन अगि हावाहुरीसहित परेको असिनापानीले दाङको लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा गाउँमा अन्नबाली नष्ट गरेको छ ।
गत मंगलवार बेलुका तिनबजे परेको असिनापानीले पाक्नै लागेको मकै, बोडि, भिन्डी, लौका, करेला, खरबुजा, काक्रा लगायत अन्य अन्नबाली नष्ट गरिदिएको हो । असिनाले लाखौको क्षति गरिदिएपछि धनपुरुवा गाउँका किसान चिन्तित भएका छन् । भित्र्याउनै लागेको अवस्थामा रहेको राजकुमार जातको मकै, बोडि, भिन्डी, लौका, करेला, खरबुजा, काक्रा लगायत अन्य अन्नबालीलाई असिनाले झारिदिनुका साथै कामै नलाग्ने गरि क्षति पु¥याएको छ । यति धेरै क्षति हुनेगरी असिना परेको अहिलेसम्म नदेखेको बताउँदै लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा गाउँ निवासी रुद्रबहादुर वलीले भन्नुभयो असिनाले नष्ट गरेको बाली देख्दा मन रुन्छ । ‘स्थानीय कृषक रूद्रविर वलिले वार्षिक ४८ हजार भाडा दिने गरि गाउँमा करिब दुई बिगहा जग्गा लिजमा लिएर पहिलो पटक टमाटर, खरबुजा, काक्रा, लौका, भान्टा लगायत व्यवासयिक खेति सुरु गरेको बताउनुभयो ।
‘स्वदेशमै केही गरौ भन्ने उद्देश्यका साथ पहिलोपटक व्यवसायी तर्फ आकर्षित भएको थिए । तर, यो वित्तिले सबै लगानी बालुवामा पानी खनाएझै भयो, उहाँले भन्नुभयो,–। ‘गाउँमै छिमेकीसंग तिनलाख ऋण काडेर पहिलोपटक कृषि व्यवसायी सुरु गरेको थिए । अव त आम्दानि गर्ने बेलामा उल्टो पुनः लगानी गर्ने देखियो । दुइतर्फी नोक्सानी ब्यहोर्नु परेको छ ।’ हावाहुरीसहित परेको असिनापानीले मकै चुटेर झारिदिएपछि बारीमा हरियो नल ( डाँठ ) मात्र रहेको सोही गाउँ निवासी कृषक लिलानाथ चौधरीले बताउनुभयो । चौधरीले तिन बिगहा जग्गामा राजकुमार जातको ४८ किलो मकै लगाउनु भएको जानकारी दिदैँ, गतवर्ष भन्दा यसवर्ष बाली सप्रेको बेला हावाहुरीसहित परेको असिनापानील मकै क्षति पु¥याउँदा एकलाख बराबरको नोक्सानी भएको बताउनुभयो ।
्
यस्तै स्थानीय कृषक रामकृष्ण चौधरीले करिब एक बिगहा जग्गामा लगाएको बोडि, भिन्डि, करेला, खरबुजा, लगायत अन्य अन्नबाली हावाहुरीसहित परेको असिनापानीले क्षति पु¥याउँदा करिब एकलाख पचाँस हजार बराबरको नोक्सानी व्यहोर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘यही अन्नबाली विक्री गरेर धानको विउ, मलखाद किन्ने तयारी भैइरहेको थियो तर, बाली सबै असिनापानिले नष्ट ग¥यो ।’
्
पन्ध्र मिनेटमै सबै अन्नबाली स्वाहा
हावाहुरीसहित परेको असिनापानीले छिनभरमै अन्नबाली नष्ट भएको धनपुरुवा गाउँका स्थानीय कृषकहरुले बताएका छन् । पाक्नै लागेको मकै र बिक्रिको सिजन सुरुभएको बोडि, भिन्डी, लौका, करेला, खरबुजा, काक्रा लगायत अन्य अन्नबाली असिनापानीले नष्ट गरिदिएको स्थानिय रमा चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘तिनबजे तिर हावाहुरीसहित परेको असिनापानीले पन्ध्र मिनेटमै खेतबारीमा रहेको अन्नबाली सबै सखाप पा¥यो । केही बाँकी राखेन । अब कसरी छाक टार्ने भन्ने कुरामा धनपुरुवा गाउँका कृषकहरु चिन्तित बनेका छन् ।’ ‘वर्षदिनसम्म खाने अन्न भित्र्याउने बेला सखाप पारिदियो ।
असिनापानीले नब्बे बिगहा क्षेत्रफलको मकै र तरकारी स्वाहा
हावाहुरीसहित परेको असिनापानीले दाङ देउखुरी धनपुरुवा गाउँ स्थित सबैभन्दा बढि मकै खेतीमा क्षति पु¥याएको छ । केहीदिन अगाडि आएको असिनमपानिले दाना लागेको मकै विस र कोसा नलागेको मकै साठी गरि असि प्रतिशत मकै खेतीमा ठूलो क्षेति नोक्सानी पु¥याएको छ । धनपुरूवा गाउँमा करिब ९० बिगहा क्षेत्रफलमा मात्रै असि प्रतिशत मकै खेतीमा असिनापानिले नोक्सानी गरेको छ भने १३ बिगहा क्षेत्रफलमा तरकारी खेतीमा नोक्सानी पु¥याउँदा करिब करिब ५० लाखको बराबरको नोक्सानी भएको कृषक बसन्त चौधरीले जानकारी दिनुभयो । ‘भर्खरै विक्रि गर्ने सिजन सुरु भएको बेला असिनापानिले सबै अन्नबाली नष्ट ग¥यो, उहाँले भन्नुभयो,– ‘तरकारी मनग्ये उब्जनी भएपछि यस गाउँबाट दैनिक रुपमा चारदेखि पाँचवटा गाडीमा तरकारी बाहिर जाने गथ्र्यो । तर अहिले सबै अन्नबाली नष्ट भएको छ । लगानीको प्रतिफल पाउने बेला यस्तो विपत आइलाग्यो ।’ अहिले कृषकहरूले आगामि दिनलाई कसरी निरन्तरता दिने भन्ने कुराले चिन्तित बनाएको बताउने गरेका छन् । उक्त गाउँका सबै स्थानीय कृषि पेशामा आवद्व छन् ।
यता लमही लमही नगरपालिका कृषि विकास शाखा प्रमुख अमर चौधरीले असिनाले क्षति पु¥याएको क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको जानकारी दिनुभयो । उहाँले के कति क्षति भयो अझै एकिन नभएपनि सयौ हेक्टरमा लगाइएको मकै, अन्य तरकारी खेतीमा लाखौको नोक्सान भएको प्रारम्भिक जानकारी आएको छ । किसान निकै मर्कामा परेकोले स्थानीय सरकारले गर्ने सहयोगमा कमी हुने छैन, प्रमुख चौधरीले भन्नुभयो ।।