आरम्भ चौतारी लघुबित्तद्वारा आइसोलेसनलाई सहयोग – Kanika Khabar
Thursday, June 19Nepali News Portal

आरम्भ चौतारी लघुबित्तद्वारा आइसोलेसनलाई सहयोग

    मा प्रकाशित

दुख हरण यादव
जेष्ठ ३ गढवा ।

बिश्वभरि महामारीको रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरले अहिले अधिराज्य भरि नै आक्रान्त छाइरहेको छ । बिरामीको लागि अस्पतालमा बेड छैन,सिलिन्डर पाइए त्यसभित्र अक्सिजन हुदैन । कहीँ एउटै अक्सिजन दुई बिरामीमा प्रयोग गरेको पनि सुनिन्छ ।
अस्पतालमा बिरामीको चाप बढ्दा राज्नैतिक दलको सिफारिसपछि मात्र भर्ना पाएको गुनासो पत्रपत्रिका मिडियामा आउन लागेको हामी देखेको छौ । मानौ यो धर्तीमा मानव सेवा र मानवता अब सकिएको छ । तर आरम्भ लघुबित्त गढवाका कर्मचारी मानवसेवामा अग्र भागमा रहेर गरेको सहयोगले सेवा भावको राम्रो उदाहरण दिएको छ ।

आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था गढवाका कर्मचारीहरुले मिलेर आफ्नो गाँस काटेर गढवा गाउपालिकाले सन्चालन गरेको गढवा कोभिड आइसोलेसन सेन्टरका बिरामीलाई लक्षित गर्दै स्वास्थ्य सामाग्री,तथा फलफुल सहयोग गरेको छ ।

आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था बुटवल रुपन्देहीका अनुगमन अधिकृत बसन्त कुमार शर्माको नेतृत्वमा गढवा शाखाका प्रमुख नवीन किशोर अधिकारी तथा कर्मचारी मेनका यादव र टीका आचार्यले आइसोलेसनका बिरामीको बसाइ सजिलो होस भन्ने उद्देश्यले गाँस काटेर सहयोगी भावनाले मास्क २०० थान,सेनिटाइजर ८ थान,डस्टबिन ८ थान,गम्छा,साबुन,ब्रश,टुथपेस्ट ८/८ थान र फलफुल ८ किलो सहयोग गरेको अनुगमन अधिकृत गढवा निवासी शर्माले बताउनुभयो ।

त्यसैगरी गढवा शाखा प्रमुख नबिन किशोर अधिकारीले कोरोना महामारी संग लडिरहेका बिरामीलाई सहयोग हुने हेतुले हाम्रो कर्मचारीले स्वस्फुर्त रुपमा यो गरेको कामले अन्य संघ संस्था उत्प्रेरित हुने बिस्वास ब्यक्त गर्नु भयो ।
स्वास्थ्य सामाग्री बुझ्दै गढवा कोभिड आइसोलेसन सेन्टरका इन्चार्ज सुर्य नारायण यादवले आरम्भ चौतारी लघुबित्त बित्तिय संस्थाले मानव परोपकारको लागि गरेको यो कार्य प्रशंसनिय रहेको बताउदै आरम्भ चौतारीका कर्मचारिले आफ्नो खर्च कटाएर गरेको सहयोग को पुर्ण रूपमा सदुपयोग गर्दै बिरामीको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कोरोनाको पहिलो चरणमा पनि गढवा गाउँपालिकाले विपन्न तथा गरिब समुदायलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्नको लागि संचालन गरेको राहत कोषमा दस हजार सहयोग गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्