कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ९२४७ जनामा पुष्टि, २१४ जनाको मृत्यु र ५७६७ जना कोरोना मुक्त – Kanika Khabar
Thursday, April 18Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ९२४७ जनामा पुष्टि, २१४ जनाको मृत्यु र ५७६७ जना कोरोना मुक्त

    मा प्रकाशित

जेठ ३, दाङ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल संख्या ४ लख ६४ हजार २१८ पुगेको छ ।

 

जसमध्ये सक्रिय सङ्क्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । जसमध्ये एक लाख ६ हजार ५ सय १० जना होम आइसोलेसनमा छन् भने ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण आज एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ । पछिल्लो ३ दिन लगातार मृतक सङ्ख्या घटे पनि आज पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ५ हजार ७ सय ६७ रहेको छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्