राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा मतदान गर्न जानेले कोरोना परीक्षणको रिपोर्ट देखाउनुपर्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा मतदान गर्न जानेले कोरोना परीक्षणको रिपोर्ट देखाउनुपर्ने

    मा प्रकाशित

जेठ ३, काठमाडौँ ।
राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा मतदान गर्न जानेले कोरोना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचनको दिन मतदानस्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधिभित्रको कोभिड–१९ सङ्क्रमण भए÷नभएको पिसिआर परीक्षण गरेको रिपोर्ट ल्याउनुपर्ने अनिवार्य गरेको बताएको छ ।

कोरोना महामारीको जोखिम बढिरहेका बेला हुन लागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोग स्वयंले स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ ।

आयोगले मतदानस्थलमा रहने सबै व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्डको घेरामा रहेर काम गर्न ‘उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड–२०७८’ लागू गरेको छ।यस्तै मतदान केन्द्रमा तीनवटा बुथ राखिने छ। यसअघि दुईवटा बुथ मात्रै राखिन्थ्यो। कोभिड–१९ सङ्क्रमित मतदाता पनि हुनसक्ने अनुमानका साथ तीनवटा बुथ राख्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदानको दिन मतदान केन्द्रमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकले पीपीई लगाएर कार्यसम्पादन गर्ने व्यवस्था मिलाइने आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । आउने जेठ ६ र जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको लागि उपनिर्वाचन हुँदैछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्