कोरोना माहामारी नियन्त्रणका लागि सहयोग गरिदिन राष्ट्रसंघीय निकायलाई प्रदेश २ का मुख्यमन्त्रीको आग्रह – Kanika Khabar
Monday, July 14Nepali News Portal

कोरोना माहामारी नियन्त्रणका लागि सहयोग गरिदिन राष्ट्रसंघीय निकायलाई प्रदेश २ का मुख्यमन्त्रीको आग्रह

    मा प्रकाशित

जेठ ३, काठमाडौँ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन राष्ट्रसंघीय निकायसँग आग्रह गर्नुभएको छ ।

प्रदेशस्थित राष्ट्रसंघीय निकायका प्रतिनिधिसँग आज छलफल गर्दै मुख्यमन्त्री राउतले भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधि, जनशक्ति र खोप उपलब्ध गराईदिन आग्रह गर्नुभयो ।राष्ट्रसंघीय निकायले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको बताउँदै मुख्यमन्त्री राउतले यो सहयोग प्रदेश २ सम्म ल्याउनका लागि पहल गर्न पनि आग्रह गर्नुभयो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्