एक महिनामा विपद्का कारण ३२ जनाको मृत्यु, ३३ करोड ७८ लाख बढीको क्षति – Kanika Khabar
Friday, April 19Nepali News Portal

एक महिनामा विपद्का कारण ३२ जनाको मृत्यु, ३३ करोड ७८ लाख बढीको क्षति

    मा प्रकाशित

जेठ ३, काठमाडौँ ।
२०७८ को पहिलो महिनामा विपद्का कारण देशभर ३२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक महिनाको अवधिमा चट्याङबाट मात्रै २१ जनाको मृत्यु भएको छ ।

आगलागीबाट ७, जनावरको आक्रमणबाट ३ र हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ । बैशाखभरीमा ४ सय ४९ विपदका घटना भएकोमा एक सय ३८ जना घाइते भएका र २ सय ६० चौपायाको क्षति भएको प्राधिकरणले जनाएको छ ।

एक महिनाको अवधिका विपदका घटनाबाट ३३ करोड७८ लाख ६५ हजार भन्दा बढीको क्षति भएको तथ्याङ्क छ । आगलागीबाट मात्रै २८ करोड ८५ लाख ८९ हजार भन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्