जेठ १२ गतेसम्म बनेपाका सबै क्षेत्र सिल – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

जेठ १२ गतेसम्म बनेपाका सबै क्षेत्र सिल

    मा प्रकाशित

जेठ ३, काभ्रे ।
जिल्लाको बनेपा नगरपालिकामा कोरोना सङ्क्रमणको दर बढेसँगै सबै क्षेत्र शिल गरिएको छ । आज नगर प्रमुख लक्ष्मी नरसिंह वादेलेभोलि राति १२ बजेदेखि जेठ १२ गते १२ बजे रातिसम्म बनेपा शिल गरिने जानकारी दिनुभयो ।

नगर क्षेत्रमा अत्यन्तै जोखिमपूर्ण अवस्था भएकोले सङ्क्रमणको दर कम गर्नका लागि बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो । उहाँले एक सूचना जारी गर्दै औषधि र अस्पताल बाहेकका खाद्यान्न, तरकारी, फलफूल पसल तथा व्यवसाय, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सबै सेवा पूर्ण रुपमा बन्द रहने पनि जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्