भारतमा झन्डै १ महिनापछि ३ लाखभन्दा कममा कोरोना सङ्क्रमण – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

भारतमा झन्डै १ महिनापछि ३ लाखभन्दा कममा कोरोना सङ्क्रमण

    मा प्रकाशित

एजेन्सी ।
भारतमा झन्डै १ महिनापछि ३ लाखभन्दा कममा कोरोना सङ्क्रमण देखिएको छ । झन्डै १ महिनादेखि दैनिक ३ देखि ४ लाखका दरले सङ्क्रमित थपिँदै आएको भारतमा गत २४ घन्टामा ३ लाखभन्दा कममा सङ्क्रमण पुष्टि भएको छ ।

 

भारतीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत २४ घन्टामा २ लाख ८१ हजार ३ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुन राहतको विषय हो । योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ४९ लाख ६५ हजार ४ सय ६३ पुगेको छ । भारतमा दैनिक कोरोना सङ्क्रमितको दरमा कमी आएपनि मृत्यु हुने दर भने अझै ओरालो लाग्न सकेको छैन ।

 

गत २४ घन्टामा थप ४ हजार ९२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ४ सय ११ पुगेको छ । यस्तै गत २४ घन्टामा भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ३ लाख ७८ हजार ७ सय ४१ जना स्वस्थ भएका छन् । योसँगै भारतमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ करोड ११ लाख ७४ हजार ७६ पुगेको छ ।

 

भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएदेखि नै स्वास्थ्य अवस्था अस्तव्यस्त बनेको छ । कोरोनाको दोस्रो लहरले भारत विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक पनि हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्