नेपालमा १६५९ जनाको सघन कक्षमा उपचार हुँदै – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नेपालमा १६५९ जनाको सघन कक्षमा उपचार हुँदै

    मा प्रकाशित

जेठ ३, दाङ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देशभर हाल १ हजार २५९ कोरोना संक्रमितको आईसीयूमा र ४०० को भेन्टिलेटरमा गरी कुल १ हजार ६५९ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १७४ जना आईसीयूमा र ५२ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २०७ आईसीयूमा र ५७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ५२९ जना आईसीयूमा र २२३ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११६ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ११३ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा, कर्णालीमा ८१ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३९ जना आईसीयू र ९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्