निषेधाज्ञाको पालना नहुँदा कोरोना सङ्क्रमण बढ्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

निषेधाज्ञाको पालना नहुँदा कोरोना सङ्क्रमण बढ्यो

    मा प्रकाशित

जेठ ४, दाङ ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको आदेश पूर्ण कार्यान्वयनमा नआउँदा कोरोनाको सङ्क्रमणदर अपेक्षा गरिएअनुसार नघटेको सरकारले निष्कर्ष निकालेको छ ।

यसैकारण कोभिड–१९ को महामारीका कारण नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचनामा केही हप्ता अझैँ पनि चुनौतिपूर्ण रहेने भएकाले सबै संयमित र सहयोगी भइ एकजुट हुनुपर्ने उल्लेख छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनीतिक गतिविधिका नाममा हुने ठूला जमघट, भेला सङ्क्रमण नियन्त्रणमा अनाउनुको कारण देखिएको छ ।

जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गर्दै डा अधिकारीले निषेधज्ञाको समयमा अझैँ पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्र कमि आएको भन्दै निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्