काठमाडौँमा समुदायस्तरमै कोरोना जाँच अभियान – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काठमाडौँमा समुदायस्तरमै कोरोना जाँच अभियान

    मा प्रकाशित

जेठ ४, काठमाडौँ ।
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण दर उच्च हुँदै गएपछि सरकारले आजबाट समुदायस्तरमै कोरोना जाँच अभियान सुरु गरेको छ ।
अभियान अन्तर्गत काठमाडौँको कालिमाटी क्षेत्रमा बिहान ८ बजेबाट एन्टिजेनमार्फत जाँच सुरु गरिएको र बिहान ११ बजेसम्म जाँच कायम रहने स्वास्थ्य सेवा विभागले जनाएको छ । करिब ५ सय जनाको जाँच गर्ने तयारी विभागको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अबदेखि दैनिक रूपमा एन्टिजेनमार्फतको जाँचलाई निरन्तरता दिइने विभागको भनाइ छ । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा हाल ४० हजार ७ सय ७४ जना सक्रिय सङ्क्रमित छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्