‘टाउ टेई’ चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने – Kanika Khabar
Friday, March 29Nepali News Portal

‘टाउ टेई’ चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने

    मा प्रकाशित

जेठ ४, काठमाडौँ ।
अरब सागरमा विकसित ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा आगामी पाँच दिन देखापर्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा दोहोरो मौसमी असर सुरु भएको छ ।

अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु¥याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्ने उल्लेख गर्दै उहाँले शनिबारदेखि मौसममा सुधार हुँदै जाने बताउनुभयो । महाशाखाका अनुसार आजसम्म सामान्य रहने चक्रवातको असर भोलिदेखि भने शुक्रबारसम्म भने अलिक बढी हुनेछ । यो समयमा आकास पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्