कार्यदलको बैठक बस्दै – Kanika Khabar
Thursday, April 24Nepali News Portal

कार्यदलको बैठक बस्दै

    मा प्रकाशित

जेठ ४, दाङ ।
नेकपा एमालेभित्र सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको बैठक आज बस्दै छ । सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक बस्न थालेको हो । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । गत जेठ २ गते बनेको कार्यदलको यो पहिलो बैठक हो ।

उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् । गएको ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ ।

त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति पनि जुटेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्