वितेको २४ घण्टामा दाङमा १० जनाको मृत्यु – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

वितेको २४ घण्टामा दाङमा १० जनाको मृत्यु

    मा प्रकाशित

जेठ ४, दाङ ।
दाङमा वितेको २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुसीपुरका ५ जना, घोराही र बबईका २÷२ जना र दंगीशरणका एक जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । आज मगलबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का ४८ वर्षिय महिला,वडा नम्बर १० का ३८ वर्षिय महिला,वडा नम्बर ५ का ४७ वर्षिय पुरुष को मृत्यु भएको हो ।

त्यसैगरी तुलसीपुरकै वडा नम्बर ७ का ५५ वर्षिय पुरुष र वडा नम्बर १९ का ७८ वर्षिय पुरुषको मृत्युु भएको केन्द्रले जनाएको छ । यस्तै यता घोराही उपमहानगरपालिका वडा नम्बर १७ का ९७ वर्षिय महिला र ७८ वर्षिय पुरुषको कोरोनाकै कारण आज मृत्यु भएको छ ।

उता बबई गाउँपालिका वडा नम्बर २ का ५० र ६० वर्षीय पुरुष लगायत दंगीशरण गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षिय पुरुषको पनि आज नै मृत्युु भएको छ । योसँगै बैशाख १ गते यता अहिलेसम्म जिल्लमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ३४ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्