लायन्सद्वारा तीन अस्पताललाई १८ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण – Kanika Khabar
Friday, April 19Nepali News Portal

लायन्सद्वारा तीन अस्पताललाई १८ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण

    मा प्रकाशित

चितवन, जेठ  ४   । लायन्स क्लबले भरतपुर अस्पताल, विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई र बिप्याप मेसिन पाँच थान सहयोग गरेको हो ।

लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटु एरिया नं. ३ का क्लब तथा लायन्सहरुबाट कोभिड क्याम्पेन गरी सङ्कलन भएको रकमबाट ती सामग्री खरिद गरी आज भरतपुर अस्पताललाई हस्तान्तरण गरियो । ती सामग्री लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बिटुका इलेक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले लायन्सको सहयोगको प्रशंसा गर्नुभयो । गभर्नर भट्टले कोभिडको पहिलो लहरसँगै लायन्सहरु सहयोगमा जुटेको उल्लेख गर्दै गतवर्ष विभिन्न ठाउँमा रु.१ करोड बराबरको सहयोग गरेको जानकारी दिनुभयो । उहाँले दोस्रो लहरसँगै लायन्सहरु आर्थिक सङ्कलनमा जुटेको बताउँदै यस क्षेत्रका अस्पतालहरुमा अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले कोभिड महामारीमा उपलब्ध सामग्री सन्जीवनी बुटी सावित हुने बताउनुभयो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मालाई इलेक्ट गभर्नर भट्टले दुई थान बिप्याप मेसिन हस्तान्तरण गरियो । यस्तै कावासोतीको मध्यविन्दु अस्पताललाई पनि एक थान सो मेसिन हस्तान्तरण गरियो । कोभिडबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि क्लबले शव वहान उपलब्ध गराएको छ । गभर्नर भट्टले एक महिनाका लागि शव बोक्ने गाडीको साँचो कालिबहादुर गण भरतपुरलाई हस्तान्तरण गर्नुभयो ।
   

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्