बुढाथोकीद्वारा कोभिडको लडाईमा खट्ने स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाजा – Kanika Khabar
Thursday, May 15Nepali News Portal

बुढाथोकीद्वारा कोभिडको लडाईमा खट्ने स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाजा

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ४ जेठ ।
मन्त्र जप्ने ओठ भन्दा, सेवा गर्ने हात पवित्र हुन्छ यही भनाइलाई आत्मासाथ गर्दै दाङको लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाजा खुवाउने अभियानको सुरुवात गरिएको छ । नेपाली कांग्रेस तरुणदलका नगर सभापती एव्म दाङका सफल व्यवसायी सन्तोष बुढाथोकीले आफ्नो व्यक्तीगत खर्चमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिब्रगतिमा बढी रहँदै गर्दा कोभिडको लडाईमा अग्रपंतिमा रहेर अहोरात्र खटिरहने स्वास्थ्यकर्मीहरुलाई निशुल्क रुपमा खाजा खुवाउने अभियान सुरुवात गरिएको हो ।
व्यवसायी बुढाथोकीले कोभिडको लडाईमा अग्रपंतिमा रहेर अहोरात्र खटिरहने लमही अस्पतालमा कार्यरत विसजना स्वास्थ्यकर्मीहरुको उच्च मनोवलको कामना गर्दै व्यक्तीगत खर्चमा बुढाथोकीले लमहीको मन्त्र गेष्ट हाउसबाट दैनिक खाजाको व्यवस्थापन गरेका हुन् । भएको हो । स्वास्थ्यकर्मीलाई खाजा वितरण गर्दै व्यवसायी बुढाथोकीले भने,–। ‘कोरोना भाइरस (कोभिड १९) को यो बिसम महामारीमा आफ्नो ज्यानको पर्वाह नगरेर नागरिको ज्यान बचाउन लागि पर्ने स्वास्थ्यकर्मीहरुलाई हामी नमन गर्दैछौ, साथै हाम्रो यो अभियानमा मनकारीमनहरुले सहयोग गर्न म आग्रह पनि गर्दछु । यो महामारीमा हामी सबै एकजुट भएर लाग्नुपर्छ ।’


खाजाको अभियान संचालन गरिएको भन्दै व्यवासायी बुढाथोकीलाई स्वास्थ्यकर्मीहरुले धन्यवाद ज्ञापन गर्दै आफुहरु बिरामीहरुको सेवामा रातदिन अहोरत्र खट्ने प्रतिवद्धता जनाएको छन् । लमही अस्पतालमा कार्यरत विसजना स्वास्थ्यकर्मीहरुलाई नियमित विहान आठ बजे र दिउँसो तीन बजे लकडाउन भर विभिन्न खाजाको व्यवस्थापन गर्ने बुढाथोकीले प्रतिवद्धता जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्