राष्ट्रिय सभा उपनिर्वाचनका लागि मौन अवधि सुरु भएपछि पनि आचारसंहिता नमानेको भन्दै निर्वाचन आयोगको आपति – Kanika Khabar
Friday, March 29Nepali News Portal

राष्ट्रिय सभा उपनिर्वाचनका लागि मौन अवधि सुरु भएपछि पनि आचारसंहिता नमानेको भन्दै निर्वाचन आयोगको आपति

    मा प्रकाशित

जेठ ५, काठमाडौँ ।
निर्वाचन आयोगले बाग्मती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेपछि पनि आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापाको पक्षमा मत माग्दै अपील जारी गर्नुभएको थियो । मौन अवधिमा उम्मेदवारकै दौडधूप समेत बढेको छ ।

केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्र्तवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगले आचार संहिता पालना नगर्नेलाई कारबाहीको चेतावनी समेत दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्