अदानचुली गाउँपालिकाले ३ वटा अक्सिजन कन्सन्ट्रेटर ल्यायो – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

अदानचुली गाउँपालिकाले ३ वटा अक्सिजन कन्सन्ट्रेटर ल्यायो

    मा प्रकाशित

काली बहादुर थापा
जेठ ५, हुम्ला ।
हुम्लाको अदानचुली गाउँपालिकाले ३ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढेसँगै गम्भीर बिरामीको संख्या बढ्न सक्ने भएकाले अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको गाउँपालिकाले बताएको छ ।

गाउँपालिकामा हाल १५ बेडको आइसालेसन कक्ष तयारी अवस्थामा रहेको र बिरामीको गम्भीरता हुन सक्ने कुरालाई ध्यानमा राखी अक्सिजन कन्सन्ट्रेटर ल्याइएको गाउँपलिकाका अध्यक्ष दल फडेराले बताउनुभयो ।

उहाँले अक्सिजन कन्सन्ट्रेटरसहित ८० वटा एन्टीजेन्ट किट,१० हजार मास्क,१ यस थान स्यानीटाईजर, २० पिस फेस सिल्ट र १० वटाअक्सिजन मापन गर्ने मेसिन ल्याइएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले गाउँपालिकामा हाल ७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्