मा प्रकाशित
एजेन्सी ।
भारतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएकाहरुले अर्को मात्रा तीन महिनापछि लगाउन पाउने भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले कोरोना खोपको पहिलो मात्रा लगाएपछि सङ्क्रमित भएकाहरुलाई दोस्रो मात्रा तीन महिनापछि लगाउनका लागि आएको प्रस्तावलाई स्विकृति दिएको छ ।
खोपका लागि विज्ञसम्मिलित व्यवस्थापकीय समूहले सरकारलाई खोपको पहिलोमात्र लगाएपछि कोरोना सङ्क्रमित भएकाहरुलाई तीन महिनापछि अर्को मात्रा लगाउन सक्ने प्रस्ताव गरेको थियो । भारत सरकारले सोही प्रस्तावलाई स्विकृति दिएको हो ।