टोकियो ओलम्पिक छनौटका लागि नेपालले तेक्वान्दोमा सहभागिता जनाउन नपाउने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

टोकियो ओलम्पिक छनौटका लागि नेपालले तेक्वान्दोमा सहभागिता जनाउन नपाउने

    मा प्रकाशित

एजेन्सी ।
टोकियो ओलम्पिक छनौटका लागि नेपालले तेक्वान्दोमा सहभागिता जनाउन नपाउने भएको छ । जोर्डनमा हुने भनिएको छनौट प्रतियोगिताका लागि त्यहाँको सरकारले भारत र नेपाललाई रेड लिष्टमा राखेको र आफ्नो देश भन्दा बाहिर १४ दिनको क्वारेन्टिन बसेर मात्र जोर्डन प्रवेश गर्न पाउने नियम बनाएपछि नेपालले छनौटमा सहभागिता जनाउन नपाउने भएको हो ।

मे २१ र २२ मा हुने प्रतियोगिता आउने मुखैमा जोर्डन सरकारले नेपाल र भारतबाट आउने खेलाडीलाई दुई साता अर्को देशमा क्वारेन्टिन बसेर आउनुपर्ने नियम बनाएको हो । विश्व तेक्वान्दो महासंघले करिव दुई साता अगाडी नै यसको पत्रचार गरेको थियो । भारतमा इन्डियन प्रिमियर लिग स्थगित भएको दिन नै महासंघले नेपाल र भारतलाई तेस्रो मुलुकमा दुई साता क्वारेन्टिन बसेर मात्र जोर्डन प्रवेश पाउने भन्दै पत्राचार गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्