नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रभावकारी : डा. गौतम – Kanika Khabar
Friday, March 29Nepali News Portal

नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रभावकारी : डा. गौतम

    मा प्रकाशित

जेठ ५, दाङ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नयाँ भेरियन्टको भाइरसविरुद्ध पनि कोरोना विरुद्धको खोप प्रभावकारी रहेको बताएका छन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा गौतमले नयाँ भेरियन्टको भाइरसविरुद्ध खोप प्रभावकारी हुने बताएका हुन्।

नयाँ भेरियन्टविरुद्ध खोपले काम गर्छ कि गर्दैन भन्ने मानिसहरुको जिज्ञासाबारे जवाफ दिँदै प्रवक्ता गौतमले खोपले प्रभावकारी काम गर्ने बताएका हुन् ।

मन्त्रालयले नेपालमा नयाँ भेरियन्ट पुष्टि भएको भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरी गरेको थियो । प्रवक्ता गौतमले नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको बताउँदै स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न सबैमा आग्रह गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्