लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको भुकम्प – Kanika Khabar
Thursday, March 28Nepali News Portal

लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको भुकम्प

    मा प्रकाशित

जेठ ५, दाङ ।
लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेका ८५ वर्षका एकजना वृद्धा घाइते हुनुभएको छ । घरको गारो भत्किँदा उहाँ घाइते भएको र उपचार भइरहेको लुइँटेलले बताउनुभयो ।

लमजुङको भुलभुले केन्द्र रहेर आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लामा समेत महशुस गरिएको थियो । भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन् ।

केही स्थानमा सुख्खा पहिरो पनि गएको छ।भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए। भूकम्पले के कति क्षति भयो भन्ने पूर्ण विवरण भने आईसकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्