काठमाडौंका बढी भिडभाड हुने स्थानमा कोरोना परीक्षण तीव्र बनाईयो – Kanika Khabar
Thursday, June 19Nepali News Portal

काठमाडौंका बढी भिडभाड हुने स्थानमा कोरोना परीक्षण तीव्र बनाईयो

    मा प्रकाशित

जेठ ५, काठमाडौँ ।
हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ ।

 

कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । परीक्षणका क्रममा हिजो कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

 

आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ ।स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा परीक्षण शुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ । महानगरको सहकार्यमा धेरै सङ्क्रमित भएका असन, डिल्लीबजार, न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने छ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्