देवचन्द्र भट्ट
जेठ ५, नुवाकोट ।
नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउंपालिकामाअक्सिजनसहितको आइसोलेसन वेड स्थापना गरेको छ । गापाअध्यक्ष छत्रवहादुर लामाको अगुवाइमाअक्सिजन सिलिण्डर र आइसोलेसन बेड व्यवस्थापनगरिएको गाउँपालिकाकार्यालय काहुलेले जनाएको छ ।
विदुरदेखि २५ किलोमिटर पश्चिममा रहेको किस्पाङ गाउँपालिकाले आफ्नै अक्सिजन सिलिन्डर र आइसोलेसन बेड व्यवस्थापन गरेको हो । गाउँपालिकाले आफ्नै खर्चमा ४० वटा अक्सिजन सिलिन्डरको व्यवस्थामिलाएको हो ।किस्पाङ गाउँपालिकाले १० बेडको आइसोलेसन समेत तयार गरिसकेको किस्पाङ गाउँपालिकाले जनाएको छ ।
नुवाकोटमा पछिल्लो समय कोभिड १९ को सङ्क्रमण तिव्र रुपमा फैलिरहेको हुँदाकिस्पाङ गाउँपालिकाले विभिन्नजनचेतनामूलककार्यक्रम सन्चालनगरिरहेको र अहिले स्वास्थ्य सामग्रीहरूको व्यवस्थापनपनिभइरहेको गाउँपालिकाअध्यक्ष छत्रवहादुर लामाले बताउनुभयो ।