फाइजरको कोभिड खोप एक महिनासम्म फ्रिजमा भण्डारण गर्न सकिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

फाइजरको कोभिड खोप एक महिनासम्म फ्रिजमा भण्डारण गर्न सकिने

    मा प्रकाशित

एजेन्सी ।
युरोपेली सङ्घ (ईयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप एक महिनासम्मफ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ ।युरोपेलीऔषधिनिकाय ईएमएले जमेको खोप पूर्णतयापग्लिएको अवस्थामानखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्मफ्रिजमा राख्न सकिने जनाएको हो ।

 

यसअघि त्यसरी भण्डारण गर्नकालागिपाँचदिनको समय निर्धारण गरिएको थियो । यो खोप बढी समय भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममाउल्लेख्य प्रभाव पर्ने अपेक्षागरिएको छ ।यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो ।

 

फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमाफ्रिजमादुई सातासम्म राख्न सकिने व्यवस्थाभएको बताएको थियो ।सुरुमात्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारणगर्नुपर्ने आवश्यक ठानिएको थियो । यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्षबीचकाबालबालिकासमेतलाई प्रयोग गर्न स्वीकृतिदिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्