इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लियो

    मा प्रकाशित

एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । यो नतिजाले चेल्सीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै रहेको छ ।चेल्सीको ६७ अंक रहेको छ भने चौथो स्थानमा रहेको लेस्टरको ६६ अंक रहेको छ ।

चेल्सीलाई जिताउनका लागि एन्टोनियो रुडिगर र फ्रिलो जर्गिन्होले एक एकगोल गर्दा लेस्टरका कलिची इहेनाचोले एक गोल फर्काएका थिए । प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र रेलिगेसनमा परिसकेको फुलह्यामले एक एक गोलको बराबरी खेलेका छन् । इडिसनका भानीको गोलबाट अग्र तालिएको युनाइटेडले अग्रता जोगाउन सकेन । काभानीले युनाइटेडलाई १५ औं मिनेटमा अग्रता दिलाएका थिए । ७६ औंमिनेटमा जोय बार्यनले गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्