देशभर हाल १ हजार ६१८ कोरोना संक्रमितको आईसीयूमा र ३८१ को भेन्टिलेटरमा उपचाररत – Kanika Khabar
Thursday, March 28Nepali News Portal

देशभर हाल १ हजार ६१८ कोरोना संक्रमितको आईसीयूमा र ३८१ को भेन्टिलेटरमा उपचाररत

    मा प्रकाशित

जेठ ५, दाङ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ६१८ कोरोना संक्रमितको आईसीयूमा र ३८१ को भेन्टिलेटरमा गरी कुल १ हजार ९९९ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २०८ जना आईसीयूमा र २६ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २१२ आईसीयूमा र ५५ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ८०१ जना आईसीयूमा र ३३५ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १३३ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५३ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा, कर्णालीमा ६८ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४३ जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्