घर-घरमै पुगेर स्वाब संकलन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घर-घरमै पुगेर स्वाब संकलन

    मा प्रकाशित

कपिल लामिछाने

तुलसीपुर, ५-जेठ/

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले घरमै पुगेर स्वाब संकलन गर्ने गरेको छ । पीसीआर टेस्टको लागि घोराही तुलसीपुर जानु पर्ने जनताको बाध्यतालाई मध्येनजर गर्दै तुलसीपुर स्थित मेट्रोसिटी पोलिक्लिनिकसंग समन्वय गरेर आजबाट यस्तो अभियान सुरु गरिएको हो ।

वडा अध्यक्ष वलीका अनुसार यसले लकडाउनको समयमा नागरिकलाई सहज, बनाउनुकासाथै अशक्त, असहाय र घरको आर्थिक अबस्था कमजोर हुनेहरुकालागि सहज भएको छ । यसमा वडाले लाग्ने सम्पूर्ण खर्च व्यहोरेको छ । कोरोनासंग मिल्दो जुल्दो लक्षण भएकाहरुलाई यसरी घरमै गएर स्वाब संकलन गर्न थालिएको हो ।

अहिले लक्षण देखिएपनि घरमै बस्ने, स्वाब परीक्षण नगर्ने गरेको पाईएपछि यस्तो अभियान सञ्चालन गरिएको वडा स्थित नगरस्वास्थ्य केन्द्रका ईचार्ज डिल्ली शर्माले बताए । आफ्नो वडा मात्रै नभई छिमेकी वडामा पनि स्वाब संकलन गरिएको उनको भनाई छ । आज तुलसीपुर १८ का ८ जना, तुससीपुर १७ का २ जना र तुलसीपुर १९ का १ जना गरि जम्मा ११ जनाको स्वाब संकलन गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्