देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने

    मा प्रकाशित

काठमाडौँ, जेठ  ५  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिनुभयो ।

ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउनेछन् । प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुईदुई तथा सुदूरपश्चिम प्रदेशमा छ अस्पताल छन् । ती अस्पतालमा सङ्क्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्