वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुँदै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुँदै

    मा प्रकाशित

जेेेठ ६, दाङ ।वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यपदका लागि आज (विहिवार )मतदान हुँदैछ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचनआयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समयावधि तोकिएको छ । हेटौँडा–४ मा रहेको भुटनदेवि स्कुलको चौरमा हुने मतदानपछि साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्यनिर्वाचन अधिकृत डिल्ली रत्नश्रेष्ठले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा र डाक्टर खिमलाल देवकोटा मुख्य प्रतिस्पर्धामा उत्रनुभएको छ । एमालेको आधिकारीक उम्मेद्वार आफू भएको र प्रदेशमा नेकपा एमालेको बहुमत रहेको भन्दै थापाले दलीयव्यवस्थालाई स्वीकार गरेकाले स्वतन्त्र उम्मेद्वारलाई भन्दा अन्य दलका मतदाताले समेत आफूलाई मतदान गर्नेबताउनुभएको छ । नेकपा एमाले ओलीपक्षले गृहमन्त्री थापा नै आधिकारिक उम्मेद्वार भन्दै ह्वीपजारी गरेको छ।

काँग्रेस, नेकपामा ओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपालपक्षका डा खिमलाल देवकोटा उम्मेद्वार बन्नुभएको छ । नेमकिपाकातर्फबाट कृष्णबहादुर तामाङले उम्मेद्वारी दिनुभएको छ । उपनिर्वाचनमावाग्मतीप्रदेशसभा सदस्य १ सय १० जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीयतहका प्रमुख र उपप्रमुख २ सय ३८ जना गरी ३ सय ४८ मतदाता रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्