यूएईमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप दिइने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

यूएईमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप दिइने

    मा प्रकाशित

एजेन्सी ।

यूएईमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप दिइने भएको छ । त्यहाँको हेल्थ एण्ड प्रिभेन्सन मन्त्रालयले फाइजर-बायोएनटेकको कोरोना विरुद्धको खोप १२ देखि १५ वर्षका बालबालिकालाई दिन अनुमति दिएको हो ।

यसअघि यो उमेर समूहका लागि खोप प्रभावकारी हुने/नहुनेबारे परीक्षण गरिएको थियो । परीक्षणमा शतप्रतिशत नतिजा आएपछि खोप दिन अनुमति दिएको यूएईले जनाएको छ । स्वास्थ्य अधिकारीले १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिन अभिभावकहरुसँग छलफल गरिरहेको छ ।

अहिले अमेरिकाले पनि १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिइरहेको छ ।  कोरोना भाइरसको नयाँ भेरियन्टले बालबालिका उच्च जोखिममा परेपछि बालबालिकालाई पनि खोप दिन थालिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्