सात मन्त्रीको नियुक्ति बदर – Kanika Khabar
Sunday, August 1Nepali News Portal

सात मन्त्रीको नियुक्ति बदर

    मा प्रकाशित

जेठ ६, दाङ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले  नियुक्ति गरे सात मन्त्रीहरू सांसद नरहेकाले उनीहरूको नियुक्ति संविधानअनुकूल नभएको बताएको छ।

सर्वोच्च अदालतले बिहीवार गरेको अन्तरिम आदेशमा मन्त्रीहरूको नियुक्ति संविधानको धारा ७८ को उपधारा १, २, ३ को व्यवस्था, संविधानको मूल मर्म र भावनाविपरीत भएको देखिएकाले उनीहरूलाई मन्त्री बनाउन सिफारिस गरी नियुक्ति गरिएको र शपथग्रहण लगायतका काम संविधानअनुकूल नरहेको उल्लेख छ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले राष्ट्रपतिको कार्यालय शीतलनिवासलाई मन्त्रीको हैसियतमा उनीहरूलाई काम गर्न नदिनू भन्ने अन्तरिम आदेश जारी गरिदिएको छ।

अधिवक्ता विराज थापा र कपिलदेव ढालले दायर गरेको रिट निवेदनहरूमा अदालतले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जबाफ दिन विपक्षीको नाममा आदेश दिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्