डा. खिमलाल देवकोटा निर्वाचित – Kanika Khabar
Sunday, April 27Nepali News Portal

डा. खिमलाल देवकोटा निर्वाचित

    मा प्रकाशित

जेठ ६, हेटौडा ।
सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका थिए ।

त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्