कोरोनाबाट दाङमा थप ८ जनाको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोनाबाट दाङमा थप ८ जनाको मृत्यु

    मा प्रकाशित

जेठ ६, दाङ ।

दाङमा वितेको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही र तुलसीपुरका ३/३, लमही र शान्तिनगरका १/१ जना मृत्यु भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले जानकारी दिएको छ । आज (बिहीवार) मृत्यु हनेमा घोराही १८ का ३० वर्षिय महिला र घोराही १७ का ५४ वर्षिय एक पुरुषको होमआईशोलेसनमा मृत्युभएको छ ।

त्यस्तै घोराही १७ कै  ६४ वर्षीय पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्युु भएको केन्द्रले जनाएको छ । उता तुलसीपुर वडा नम्बर ९ की ७० वर्षिय महिलाको मेट्रोसिट अस्पताल तुलसीपुरबाट कोरोना विशेष अस्पताल बुलझुण्डी ल्याउदै गर्दा बाटोमै मृत्यु भएकोे छ ।

त्यस्तै तुलसीपुर १० का ५६ वर्षिय र वडा नम्बर १२ का ७८ वर्षिय दुुई पुरुष संगै शान्तिनगर ३ का ३२ वर्षिय महिलाको पनि बेलझुण्डी अस्पतालमै मृत्युु भएको हो । आजनै लमही नगरपालिका वडा नम्बर ६ का ७० वर्षिय पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्युभएको हो । यो संगै बैशाख १ गते यता अहिलेसम्म जिल्लमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्