संसद विघटनको षडयन्त्रमा राष्ट्रपति : नेता पौडेल – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

संसद विघटनको षडयन्त्रमा राष्ट्रपति : नेता पौडेल

    मा प्रकाशित

जेठ ६, दाङ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटनको बाटोमा लागेको आरोप लगाएका छन् । नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा धारणा व्यक्त गर्दै राष्ट्रपतिले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् । नेता पौडेलले सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घण्टा पनि समय नदिनु सरासर षड्यन्त्र भएको उल्लेख गरेका छन् ।

‘सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिर्इ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन सक्दैन’ उनले फेसबुकमा उल्लेख गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्