जसपाको समर्थन खोज्दै प्रधानमन्त्री ओली – Kanika Khabar
Saturday, April 20Nepali News Portal

जसपाको समर्थन खोज्दै प्रधानमन्त्री ओली

    मा प्रकाशित

जेठ ७, काठमाडौँ /
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा वैकल्पिक सरकारमा नियुक्त हुने रणनीतिमा लाग्नुभएको छ । त्यसैको अभ्यासस्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा हिजो उहाँले जसपाका अध्यक्ष महन्थ ठाकुरसँग करिब दुई घण्टा छलफल गर्नुभएको छ ।

गएराति नै प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुर राष्ट्रपति कार्यालयमा पनि पुग्नुभएको थियो । एमालेका १ सय २१ र जसपाका २० जना सांसदसहित बैकल्पिक सरकार बनाउने प्रधानमन्त्री ओलीको तयारी रहेको एमालेका एक नेताले बताए । २७ वैशाखमा विश्वासको मत लिन नसकेपछि ३० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अल्पमतको सरकारको प्रधानमन्त्रीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने भए पनि त्यसो नगरिएको भन्दै उहाँको आलोचना भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्