‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै – Kanika Khabar
Friday, May 23Nepali News Portal

‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै

    मा प्रकाशित

जेठ ७, दाङ ।
भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव नेपालमा कम हुँदै गएको छ । मौसममा आजबाट सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरैजसो भूभागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ । दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्