इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घष विरामका लागि सहमत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घष विरामका लागि सहमत

    मा प्रकाशित

एजेन्सी ।
इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घषविरामका लागि सहमत भएका छन् । ११ दिन लामो हिंसात्मक द्वन्द्वपछि उनीहरु संघर्षविरामका लागि तयार भएका हुन् ।

 

बीबीसीका अनुसार आज बिहानदेखि संघर्षविराम लागू भएको छ । पछिल्लो द्वन्द्वमा १सय जना बालबालिका र महिलासहित कम्तीमा २ सय ३२ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । इजरायलतर्फ २ जना बालबालिकासहित १२ जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार हमासले अहिलेसम्म करिब ४ हजार रकेट प्रहार गरेको थियो । इजरायली सेनाले पनि सयौँ हवाई आक्रमण गर्दै गाजामा रहेका भौतिक संरचना ध्वस्त बनाएको थियो ।

 

गएराति इजरायली मन्त्रिपरिषद्ले ‘आपसी समझदारी र बिनासर्त’ संघर्षविराम गर्न अनुमति दिएको थियो । हमासका अधिकारीले पनि स्थानीय समयअनुसार आज बिहान २ बजेदेखि संघर्षविराम सु्रु भएको बताएका छन् । यसअघि बिहीबार हमासका राजनीतिक अधिकारी मूसा अबु मार्जुकले लेबनानी टेलिभिजन मायादीन टीभीसँगको कुराकानीमा एक दुई दिनमै संघर्षविराम हुने बताएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्