देउवा – प्रचण्ड भेट – Kanika Khabar
Friday, March 28Nepali News Portal

देउवा – प्रचण्ड भेट

    मा प्रकाशित

जेठ ७, दाङ।

नेपाली काङ्ग्रेसका  सभापति शेरबहादुर देउवालाई भेट्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन् ।

अध्यक्ष प्रचण्ड आफ्नो दलका नेताहरुसँगको अनौपचारिक छलफल सकेर कांग्रेस संसदीय दलको कार्यालय पुगेका हुन् ।
माओवादी प्रमुख सचेतक देव गुरुङ भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक चलिरहेको स्थानमा पुगेको जनाइएको छ ।

कांग्रेसले आफ्ना सांसदहरुलाई समेत दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । त्यसैअनुसार कांग्रेस सांसदहरु दलको कार्यालयमा पुग्ने क्रम शुरु भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा सभापति देउवासहित महामन्त्री डाक्टर शशांक कोइराला र कृष्णप्रसाद सिटौला लगायतका नेताहरु पुगेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्